नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश र जनताको हितका साथै बेथितिविरुद्ध लड्न एमाले एक्लै परे पनि नडराउने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले आवश्यक परे एमाले एक्लै सडकमा उत्रिन तयार रहेको बताएका छन् । उनका अनुसार एमाले कहिले एक्लै त कहिले अन्य दलसँग सहकार्य गर्दै अघि बढ्दै आएको छ। उनले सत्ता समर्थक पक्षले अराजक तरिकाले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप समेत लगाए।
उनले भने ‘एमाले एक्लै भयो भनेर चिन्ता गर्दैन। हामीले जति छिटो समस्या बुझ्छौँ, अरूलाई त्यो बुझ्न समय लाग्न सक्छ। मुलुक लोकप्रियतावादको आवरणमा अधिनायकवादतर्फ उन्मुख भइरहेको छ। यो लोकतान्त्रिक चरित्र होइन, यसले समाजलाई लोकतन्त्रबाट विचलित गर्ने खतरा बढाउँछ। हामी सडक, सदन र संवाद तीनै मोर्चामा संघर्ष अघि बढाउँछौँ। हाम्रो पार्टीको उद्देश्य सरकारलाई काम गर्न अवरोध गर्नु नभई संविधान, कानून र न्यायविपरीतका गतिविधिविरुद्ध असहमति जनाउनु हो।’
उनले सरकारले मुठभेड, भय र आतङ्क सिर्जना गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको समेत आरोप लगाए
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस