Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, परिसूचक ७४ अंकले घट्दा १२ अर्बको कारोबार

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा पहिरो, परिसूचक ७४ अंकले घट्दा १२ अर्बको कारोबार

बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७४.७३ अंकले घटेर कारोबार भएको हो । 

आज सेयर बजारमा २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३.६३ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट देखिएको छ । 

परिसूचक घटेको दिन १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १ लाख २३ हजार ७३० पटक खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । आज बजार उच्च अंकले घट्दा पनि ६ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको