Like us!
Follow us!
Connect us!
Watch us!

राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न उच्चस्तरीय छलफल गर्दै अर्थमन्त्री वाग्ले

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १० : २८ मा प्रकाशित

राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न उच्चस्तरीय छलफल गर्दै अर्थमन्त्री वाग्ले

राजश्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले आज उच्चस्तरीय बैठक आयोजना गर्न लागेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरूको सहभागिता रहनेछ।

यसैगरी, बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू पनि सहभागी हुनेछन् भने अर्थ मन्त्रालयअन्तर्गत राजश्व प्रशासनसँग सम्बन्धित महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहनेछ।

बैठकमा राजश्व छली तथा अवैध पैठारी नियन्त्रण र कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा अर्थमन्त्री डा. वाग्लेले महत्वपूर्ण निर्देशन दिने कार्यक्रम रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको