स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज चैत १९ गते बिहान आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
यसरी मागभन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा ९ हजार ३७५ जना आवेदकले १०÷१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि सबै आवेदकको हात रित्तिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस