Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १० : ३५ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न भएको २० औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न मिल्ने व्यवस्था समेत भइसकेको छ । गत पुस २१ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराइसकेका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको र त्यस मितिपछि शेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा भने बोनस सेयर क्रमशः खातामा जम्मा हुने व्यवस्था मिलाइएको कम्पनीले स्पष्ट पारेको छ ।

यसैबीच हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई कम्पनीले यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले अभौतिकीकरण गरेपछि बोनस सेयर पनि सिधै हितग्राही खातामै प्राप्त गर्न सकिने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको