Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले मध्यपूर्वको द्वन्द्व प्रभावित नागरिकलाई सहजीकरण गरिरहेको छ - शिशिर खनाल

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १५ : ४४ मा प्रकाशित

सरकारले मध्यपूर्वको द्वन्द्व प्रभावित नागरिकलाई सहजीकरण गरिरहेको छ - शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वमा परेका नेपाली नागरिकहरूको अवस्थाबारे सरकार गम्भीर रूपमा काम गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयले हाल प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको र २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइनमार्फत समस्यामा परेका नेपालीसँग सम्पर्कमा रहेको बताए।

उनले नेपाल एयरलाइन्स मार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको, दुबईमा नियमित उडान सुरु भइसकेको र साउदी अरब लगायतका क्षेत्रमा पनि थप उडान व्यवस्थापनका प्रयास भइरहेको जानकारी दिएका छन्। साथै, द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी तथा आर्थिक क्षेत्रमा परेको प्रभाव अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको समेत उनले बताए।

उनले भने, ‘अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराउनुभएको छ। पछिल्ला दिनहरूमा उताबाट आउने आपत्कालीन फोनको सङ्ख्या घट्दै गएको छ। सरकारले आवश्यक परे तुरुन्तै उद्धार तथा सहजीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ।’

मन्त्री खनालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको भार जनतामा नपरोस् भनेर सरकारले खपत घटाउने नीति लिएर दुई दिन सार्वजनिक बिदा दिने, विद्यालयको शैक्षिक सत्र ढिलो सुरु गर्ने लगायतका निर्णय गरेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको