परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि छलफल भएको मन्त्रालयले जानकारी गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस