Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, ०८ : ०६ मा प्रकाशित

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहका दुई जना सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री राखेको हो । 

कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका दिंदै सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता संस्थापक सेयर र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता संस्थापक सेयर बिक्रीका राखेको छ । 

कम्पनीका कुनै संस्थापक सेयरधनीलाई उक्त सेयर खरिद गर्न इच्छा भएमा आगामी ३५ दिनभित्र आवश्यक कागजात र प्रमाणसहित निवेदन दिन सकिनेछ । यस्तो निवेदन महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोक वा सेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंमा पेश गर्न सकिनेछ ।

निवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता संख्या स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ । बिक्रीमा राखिएको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि निवेदन दिने संस्थापक सेयरधनीले ७१५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको ३५ दिने अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नआएमा प्रचलित कानुन तथा नियमानुसार उक्त सेयर संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको