Like us!
Follow us!
Connect us!
Watch us!

४५ अंकले बढ्यो सेयर बजार, परिसूचक २८ सय माथि

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १५ : ०६ मा प्रकाशित

४५ अंकले बढ्यो सेयर बजार, परिसूचक २८ सय माथि

बुधबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुन्दा सेयर बजार परिसूचक ४५.१२ अंकले बढेर बन्द भएको हो । 

योसँगै सेयर बजार आज २८०० माथि पुगेको छ । आजको कारोबार बन्द हुन्दा परिसूचक १.६३ प्रतिशतले बढेर २८०२.५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.७५  अंकले बढेर ४७६.८८ विन्दुमा पुगेको छ । आज नेप्सेमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ८ अर्ब माथिको कारोबार भएको छ । 

आज ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ रुपैयाँको कारोबार भएको छ । 

सेयर बजार उच्च अंकले बढेर कारोबार भएको दिन सेयर बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको