Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको स्थगित चुनाव वैशाख २१ र २२ गते गर्ने प्रस्ताव

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, २० : ५२ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको स्थगित चुनाव वैशाख २१ र २२ गते गर्ने प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासङ्घको स्थगित ६० औं साधारणसभा र कार्यसमिति छनौट निर्वाचन बैशाख २१ र २२ गते गर्ने प्रस्ताव गरिएको छ । आज बसेको पदाधिकारी बैठकले वैशाख २१ र २२ गते साधारण सभा तथा चुनाव गर्ने प्रस्ताव गरेको हो ।

१८ वटा वस्तुगत संघको सदस्यता विवादमा उच्च अदालतको आदेशपछि चैत २९ र ३० गतेका लागि तोकिएको साधारण सभा तथा चुनाव स्थगित भएको थियो ।

स्थगित  निर्वाचन र साधारणसभा गर्न .पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको हो । यसका लागि वैशाख ९ गते केन्द्रीय कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको छ । बैठकले औपचारिक मिति टुङ्ग्याउने छ । सदस्यता विवादबारे भने एकपटक फेरि सदस्यता समितिलाई सोध्ने निर्णय भएको छ ।

१८ ओटा वस्तुगत सङ्घको मताधिकारसहितको सदस्यता विवाद अदालत पुगेपछि साधारण सभा नै स्थगित भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको