Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्व युद्ध र नेपाली अर्थतन्त्र — रोजगारी र रेमिट्यान्समा संकट, मन्दीको जोखिम कति ?

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १३ : ३८ मा प्रकाशित

मध्यपूर्व युद्ध र नेपाली अर्थतन्त्र — रोजगारी र रेमिट्यान्समा संकट, मन्दीको जोखिम कति ?

अहिले अमेरिका र इरान बीचको युद्धका कारणले गर्दा विश्वभर त्यसको प्रभाव परेको छ । मध्यपूर्वमा भएको युद्धले नेपाल पनि अच्छुतो रहन सकेको छैन । मध्यपूर्वको युद्धका कारणले अहिले नेपालमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । सरकारले इन्धनको खपत कम गर्नका लागि सातामा दुई दिन सार्वजनिक बिदा समेत दिइसकेको छ । 

यतिमात्रै होइन यसको प्रभाव नेपालीको भांसासम्म परेको छ । आयातमुखि अर्थतन्त्र भएको मूलक भएकाले नेपालका हरेक सामानमा मूल्य वृद्धिको असर परेको छ । इरान र अमेरिका बीच भएको वार्तासमेत निष्कर्ष विहीन रुपमा सकिए पछि अब अवस्था के होला भन्ने प्रश्न उठेको छ । इरान र अमेरिका बीच सहमति नभएपछि हुर्मुज जलमार्ज तत्काल सहज रुपमा सञ्चालन हुने सम्भावना कम भएको छ । पाकिस्तामा भएको वार्ता बिना निष्कर्षमा सकिए पछि अवस्था झन चर्किने जोखिम पनि बढेको छ । 

युद्धमा नेपाल सहभागि नभए पनि त्यसको असर भने नेपाललाई समेत परेको छ । मूल्य वृद्धिदेखि युद्धका कारणले नेपालीले गुमाउनु पर्ने जोखिम समेत थप समस्या उत्पन्न हुने अर्थविद्हरुले बताउँने गरेका छन् । मध्यपूर्व नेपालीहरुको मुख्य रोजगारी गन्तव्य क्षेत्र हो । जहाँ लाखौँ नेपाली युवाहरु रोजगारीमा रहेका छन् । अहिले त्यो क्षेत्रमा रोजगारीमा रहेका धेरैले नेपाल फर्किनका लागि आवेदन समेत दिइसकेको अवस्था छ ।

बार्षिक रुपमा करिब करिब नेपालको बजेटको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिन्छ । यदि युद्धले गर्दा समस्या भएर रोजगारीमा रहेकाहरु स्वदेश फर्किनु पर्ने अवस्था भयो भने त्यसले अवस्था भयाभह हुने देखिन्छ । नयाँ आएको सरकारलाई पनि अहिले सबै भन्दा चुनौतिको विषयका रुपमा मध्यपूर्वको युद्ध हुने देखिन्छ । समयमा नै यो युद्ध रोकिएन र नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्किनु पर्ने अवस्था आयो भने अवस्था जटिन हुन सक्ने अर्थविद् डा.चन्द्रमणी अधिकारीको भनाइ छ । युद्धका कारणले पछिल्लो समयमा देखिएको अर्थतन्त्रको बाह्य पक्षमा पनि असर पर्ने र समग्र अर्थतन्त्र थप जटिलतामा जाने अधिकारीको भनाइ छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार फागुन मसान्तसम्मको अवधिमा रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति शोधानान्तर अवस्था लगायतका बाह्य पक्षहरु बलियो देखिएको छ । युद्धले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढ्ने र मध्यपूर्वमा रहेका नेपालीहरुको रोजगारी गुम्ने अवस्थामा रेमिट्यान्स र विदेशी मुद्राको सञ्चितिमा पनि असर गर्ने डा. अधिकारीको भनाइ छ । बाह्य क्षेत्र भन्दा वैदेशिक व्यापार पनि पर्ने र वैदेशिक व्यापारको घाटा ठूलो रहेकाले अहिले पनि अर्थतन्त्रको बाह्य क्षेत्र बलियो रहेको भन्न नसकिने अधिकारी बताउँछन् । 

‘बाह्य क्षेत्र मजबुद भनिएको छ । यो क्षेत्रका केही सूचक मात्रै राम्रा छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । रेमिट्यान्स राम्रो छ । त्यसले गर्दा शोधनातर स्थिति पनि सन्तुलन रहेको अवस्था छ । सकारात्मक भनेको यति नै हो । बाह्य क्षेत्र भने पनि अन्तराष्ट्रिय व्यापार पनि हो । त्यो व्यापार घाटा भने बढीनै रहेको अवस्था छ,’ उनले भने । निर्यातको मात्रा केही बढेको देखिए पनि तर निकासिको गुणस्तरलाई हेर्दा हाम्रोबाट ४० प्रतिशत सोयाविन तेल निर्यात हुने गरेको छ । सोयाविन तेल हामीले उत्पादन गरेको भन्दा पनि बाहिरबाट कच्चा पदार्थ ल्याएर निकासी गरिएको अवस्थाले गर्दा निकासी बढे पनि अर्थतन्त्रमा खासै असर नपर्ने उनी बताउँछन् । 

‘निकासीको अंक हेर्दा केही सुधार भएको देखिए पनि सोयाबिन तेल र सूर्यमुखी तेलको निकासी हटाइदिने हो भने हाम्रो अवस्था के हुन्छ,’ अधिकारीले प्रश्न गरे । निकासी बढ्ने भनेको आफैले उत्पादन गरेका वस्तुको निर्यात बढ्नु पर्ने उनको भनाइ छ । आफ्नो उत्पादन, आफ्नो कच्चा पदार्थ भएको बस्तु निर्यात बढेको भए सकारात्म भन्न मिल्न भए पनि अहिलेको अवस्थामा त्यस्तो भन्न सकिने अवस्था नरहेको डा. अधिकारीको भनाइ छ । 

अहिलेको अवस्थामा बाह्य क्षेत्र बलियो भन्ने भन्दा पनि केही पक्ष बलियो छ भन्न सकिने अवस्था रहेको र युद्धले त्यसमा पनि असर पर्ने कारणले अवस्था जटिल बन्न सक्ने उनी बताउँछन् । बाह्य क्षेत्र बलियो बनेको भने रेमिट्यान्सबाट पैसा आउनु हो । 

कच्चा श्रम बिक्री 

नेपालीहरु विदेशमा रोजगारीको लागि जाने गरेका छन् । त्यहाँ पनि हामीहरुले कच्चा श्रम बिक्री गरिरहेको अवस्था छ । हामीहरुले कुनै अधिकांश अदक्ष श्रमिकहरु विदेशमा पठाइरहेको अवस्था छ । यसरी नेपाले धेरै मानिस पठाएर थोरै पैसा ल्याइरहेको अवस्था छ । यो अवस्थामा पनि सुधार ल्याउनु पर्ने अवस्था रहेको सरोकारवालाको भनाइ छ । दक्ष जनशक्ति पठाएर धेरै रेमिट्यान्स ल्याउनका लागि सबैको हातेमालो हुनु पर्ने वैदेशिक रोजगार व्यवसायी संघ नेपालका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीको भनाइ छ । 

अहिले हाम्रोमा आउने रेमिट्यान्स दक्ष प्राविधिक पठाएर आएको भए त्यो गुणस्तरी हुने तर त्यसो हुन नसकेको अर्थविद् अधिकारी बताउँछन् । एक तर्फ नेपालीहरु विदेशमा अदक्ष कामदारका रुपमा जाने गरेको र अहिले त्यसमा पनि बादल लागेको अवस्था छ । युद्धका कारणले गर्दा अवस्था फरक परेको छ । ‘हामीहरुले डाक्टर, इन्जिनियर वा प्राविधिक पठाएर रेमिट्यान्स आएको भए गुणस्तरी हुने थियो । तर, त्यस्तो छैन । अहिले अदक्ष रुपमा जाने श्रमिकहरुको क्षेत्रमा पनि बादल मडारीएको अवस्था छ,’ उनले भने । यो कुराले बाह्य क्षेत्रमा पनि हामीहरुलाई समस्या पर्ने देखिन्छ । 

सुरक्षित रुपमा नेपाल फर्काउने चुनौति 

विदेशमा रहेका नेपालीहरुलाई अहिले सुरक्षित रुपमा नेपाल फर्काउनु पर्ने चुनौति पनि रहेको छ । युद्धका कारण नेपाल फर्किनका लागि आवेदन दिनेहरु बढीरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनु पर्ने र रोजगारी दिनु पर्ने अर्को चुनौति हुने देखिन्छ । युद्ध लम्बिदा मध्यपूर्वबाट सिधै भन्दा पनि तेस्रो मुलुक भएर नेपाल आउनु पर्ने अवस्था हुँदा आर्थिक रुपमा थप समस्या पर्ने भण्डारीको भनाइ छ । 

नेपाली नागरिक स्वदेश फर्काउँदा लाग्ने खर्च त छदै छ । त्यसमा पनि रेमिट्यान्स समेत गुम्ने अवस्थामा अर्थतन्त्रमा थप असर पर्ने अर्थविद् अधिकारीको भनाइ छ । इन्धनको मूल्य बढेका कारणले हाम्रो व्यापार घाटा थप बढ्ने उनले बताए । ‘अहिले पेट्रोलको मूल्य बढेर २१९ रुपैयाँ पुगिसकेको छ । यसले व्यापार घाटा कति बढाउने हो,’ उनले भने । यसरी हेर्दा अर्थमन्त्रालय र राष्ट्र बैंकले बाह्य पक्ष बलियो छ भन्ने दिन पनि सकिएको उनको भनाइ छ । 

बाह्य पक्ष बलियो हुनका लागि निकासी बढ्नु पर्ने उनले बताए । निर्यातबाट आएको विदेशी मुद्रा मात्रै दिर्घकालिन हुने अधिकारीले बताए । निकाशीबाट निकै थोरै मात्रै रहेको र वैदेशिक लगानी न्यून रहनु र पर्यटन आय पनि ऋणात्मक अवस्थामा हुनुले अर्थतन्त्र निकै कमजोर हुन पुगेको अधिकारीको भनाइ छ । लगानी नहुनु र निजी क्षेत्रको मनोबल पनि कमजोर भएकाले आन्तरिक रुपमा अर्थतन्त्रका सूचकहरु सकारात्मक हुन नसकेको उनी बताउँछन् । 

मध्यपूर्वको युद्धले नेपालको अर्थतन्त्रमा सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव बढी पर्ने व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले युद्धलाई अवसर भन्दा पनि बढी चुनौतिका रुपमा रहेको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको