Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको सिमित व्यापारि मैत्री नीतिका कारण अर्थतन्त्रमा संकुचन आयो - अध्यक्ष थापा

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, १२ : १८ मा प्रकाशित

राष्ट्र बैंकको सिमित व्यापारि मैत्री नीतिका कारण अर्थतन्त्रमा संकुचन आयो - अध्यक्ष थापा

नेपाल उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले राष्ट्र बैंकको नीतिका कारणले गर्दा अर्थतन्त्रको अवस्था कमजोर भएको बताएका छन् । दैलेख प्रादेशिक महोत्वस सम्बन्धी जानकारी दिए आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष थापाले राष्ट्र बैंकको नीतिका कारण अहिलेको अर्थतन्त्र संकुचना पुगेको बताएका हुन् । 

राष्ट्र बैंकको नीतिका कारणले अहिलेको अवस्था आएको भन्दै उनले मौद्रिक नीतिमा लिएको नीतिका कारणले गर्दा अहिलेको अवस्था आएको उनी बताउँछन् । ‘एकै पटक ८ प्रतिशतमा लिएको बैंकको ब्याजदर १६ प्रतिशत पुग्यो र अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको हो,’ उनले भने । मौद्रिक नीति मार्फत राष्ट्र बैंक लिएको नीतिले गर्दा अहिलेको अर्थतन्त्रमा संकुचन देखिएको उनको भनाइ छ । स्थिर नीति नभएका कारणले गर्दा पनि अहिलेको अवस्था आएको उनी बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको