Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य अंकको गिरावट, साढे ८ अर्ब माथिको कारोबार

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा सामान्य अंकको गिरावट, साढे ८ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसुचक ४.१८ अंकले घटेर कारोबार भएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २८३३.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १०५ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटि इन्डेक्स पनि १.४९ अंकले घटेर ४७६.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा साढे ८ अर्ब माथिको कारोबार भएको छ । 

आज ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर १ लाख १ हजार १८० पटक खरिद बिक्री हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । परिसूचक घटे पनि आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको