Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षको पहिलो काराेबार दिन ३३ अंकले बढ्यो नेप्से, साढे १० अर्ब माथिको कारोबार

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, १५ : ०६ मा प्रकाशित

नयाँ वर्षको पहिलो काराेबार दिन ३३ अंकले बढ्यो नेप्से, साढे १० अर्ब माथिको कारोबार

नयाँ वर्ष २०८३ सालको पहिलो कारोबार दिन सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । यो वर्षको पहिलो दिन बुधबार सेयर बजार परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.१७ प्रतिशतले धेरै हो । 

आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य आज घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले बढेर ४८१.८७ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा साढे १० अर्ब माथिको कारोबार भएको छ । आज ३४४ कम्पनीका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर १ लाख २३ हजार ३५९ पटक खरिद बिक्री हुँदा १० अर्ब ५३ करोड ७०लाख ८ हजार ७९६ रुपैयाँको कारोबार भएको छ । 

परिसूचक उच्च अंकले बढेको दिन ७ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको