Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका–इरान युद्ध : नेपालका लागि अवसर कि चुनौति ?

महेन्द्र शाही

बुधबार, ०२ बैशाख २०८३, १७ : २१ मा प्रकाशित

अमेरिका–इरान युद्ध : नेपालका लागि अवसर कि चुनौति ?

अमेरिका–इरान युद्ध सुरु भएको ४६ दिन पुरा भएको छ । दुई देश बीचको युद्धका कारणले गर्दा विश्वभर नै त्यसको प्रभाव परेको छ । अमेरिका–इरान युद्धका कारणले अहिले विश्वर पेट्रोलियम पदार्थको मूल्य तिब्र गतिमा वृद्ध भइरहेको छ । अमेरिकी आक्रमणमा आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले कडा रुपमा त्यसको जबाफ दिइरहेको छ ।

उसले अमेरिकाका सहयोगि देशमाथि निरन्तर रुपमा आक्रमण जारी राख्यो । केही समय अघि युद्धविराम र वार्ता पनि भयो । तर, वार्ता सफल हुन नसकेपछि अहिले अवस्था के हुन्छ भन्ने चासो बढीरहेको छ । फागनु २७ गते खामेनीको मृत्यु भएको थियो । त्यस पछि निरन्तर रुपमा युद्ध जारी रहेको छ । पछिल्लो समय युद्धविराम भएर वार्ता भयो तर वार्ता असफल भए पछि यो क्षेत्रमा फेरि भिषण युद्ध हुने सम्भाना बढेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् । 

नेपालभन्दा निकै टाढाका दुई देश बीचको युद्धले नेपाली बजारमा पनि प्रभाव पारिरहेको छ । आयातमुखी अर्थतन्त्र भएको नेपाललाई त्यसको प्रत्यक्ष असर परेको छ । अमेरिका र इरान बीचको यद्धका बीचमा नेपाली बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भइसकेको छ । नेपाल आयाल निगमले मूल्य वृद्धिसँगै आफ्नो घाटा पनि उच्च भएको जनाइसकेको छ । युद्धका कारणले नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सासम्म नै असर पर्छ । इन्धनको खपत कम गर्नका लागि सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । 

अमेरिका–इरान युद्ध नेपालीका लागि असर र चुनौति दुवै रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ छ । युद्ध लम्बिदा इन्धनको मूल्य बढ्ने र त्यसले नेपालीको भान्ससम्मै असर गर्ने उनको भनाइ छ । अर्को तर्फ युद्ध छिट्टै रोकिएको अवस्थामा भने नेपालीहरुले विदेशमा धेरै रोजगारी पाउने हुँदा त्यो अवसर बन्न सक्ने उनको भनाइ छ । 

आफ्नो उत्पादन नभएको अवस्थामा अमेरिका इरान युद्धले नेपालको अर्थतन्त्रमा ठूलो असर पार्ने अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । इन्धनको मूल्य बढ्दा अहिले रहेको विदेशी मुद्राको सञ्चितिमा पनि कमी आउने तथा विदेशमा रहेका नेपालीहरुले पनि रोजगारी गुमाउने अवस्था सिर्जना हुँदा नेपाल त्यो युद्धबाट प्रत्यक्ष रुपमा प्रभावित हुने उनी बताउँछन् । ‘अहिले हाम्रो विदेशी मुद्राको सञ्चित उल्लेख्य मात्रामा छ । तर, युद्धका कारण इन्धनको मूल्य बढेको अवस्था छ । त्यस्तै लाखौँले स्वदेश फर्किएन भनिरहेको अवस्थामा रेमिट्यान्स पनि कम हुन्छ,’ उनले भने । विदेशी मुद्राको सञ्चित बढ्नुमा रेमिट्यान्स मुख्य स्रोत भएकाले अवस्था जटिल बन्ने उनको भनाइ छ । विदेशमा रोजगारी गुमाएर आउनु पर्दा र मूल्य वृद्धिले गर्दा अवस्था भयाभह बन्ने सम्भावना रहेको उनी बताउँछन् । 

अमेरिका–इरान युद्धले सबै भन्दा बढी प्रभावित क्षेत्र नै मध्यपूर्व हो । जहाँ धेरै नेपालीको रोजगारी रहेको छ । यो युद्धबाट युएइ, कुवेत, साउदी, कतार लगायतका देश बढी जोखिममा परेका छन् । यी क्षेत्रमा रहेका अमेरिकी अखडामा इरानले निरन्तर रुपमा आक्रमण गरिरहेको छ । वैदेशिक रोजगारीको मुख्य गन्तव्य मूलुहरुमा नै भइरहेको यस्तो त्रासले नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । यहाँबाट स्वदेश फर्किनेहरुलाई रोजगारी दिने चुनौतिसँगै विदेशबाट आउने रेमिट्यान्स पनि कम हुने छ । 
युद्धले नेपालको अर्थतन्त्रमा प्रभाव पार्ने निश्चित भए पनि केही मात्रामा अबसर पनि सिर्जना गर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको भनाइ छ । ‘युद्धले हाम्रो अर्थतन्त्रमा नकारात्मक असर पर्छ । तर, विदेशबाट फर्किएकाहरुले स्वदेशमा नै काम गर्ने अवस्था सिर्जना भयो भने त्यो हाम्रोलाई अवसर पनि बन्न सक्छ,’ उनले भने । विदेशबाट आएकाहरुलाइ स्वदेशमा कसरी परिचालन गर्ने वा उत्पादन जोड्ने भनेर राज्यले सोच्नु पर्ने उनको भनाइ छ । चुनौति र अवसर दुवै हुने भएकाले यसलाई सरकारलो कसरी व्यवस्थापन गर्छ भन्ने विषय महत्पूर्ण हुने ढकालले बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वस्तुगत तर्फको उपाध्यक्षको उम्मेदवार नरेशलाल श्रेष्ठ भने अमेरिका–इरान युद्ध नेपालका लागि चुनौति बन्ने बताउँछन् । रोजगारीसँगै रेमिट्यान्स पनि गुम्ने भएकाले नेपालका लागि युद्ध चुनौति बन्ने उनको भनाइ छ ।  अमेरिका–इरान युद्ध अवसर र चुनौति दुवै हुने वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीको भनाइ छ । विदेशबाट फर्किएकाहरुलाई उत्पादन जोड्न सकियो भने त्यो अवसरका रुपमा परिणत हुने उनले बताए । राज्यले त्यसलाई कसरी व्यवस्थापन गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनी बताउँछन् । स्वदेशमा तत्काल उद्योग स्थापना गरेर रोजगारी दिने सक्ने अवस्था नभएकाले चुनैति नै बढी रहेको उनको भनाइ छ । तत्काल युद्ध रोकिएको खण्डमा नेपालीहरुले धेरै अवर पाउने र त्यो अवसर पनि बन्न सक्ने उनी बताउँछन् । 

अहिले नेपालबाट रोजगारीका लागि मध्यपूर्वमा जाने नेपालीहरुको संख्या निकै कम भइरहेको अवस्थामा नेपालमा रोजगारीको चुनौति पनि बढीरहेको व्यवसायीहरुको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको