Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीले पाए धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, ०५ : ५८ मा प्रकाशित

तीन कम्पनीले पाए धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले एकैसाथ तीनवटा कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले नयाँ वर्षको पहिलो काराबार दिन बुधबार एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

बोर्डको निर्णयअनुसार एभरेष्ट कलर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता सेयर निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, २५ लाख ८० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ ।

यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई पनि १०० रुपैयाँ अंकित दरकै ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। यस कम्पनीको शेयर निष्कासन प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले अगाडि बढाउनेछ। धितोपत्र बोर्डबाट एकै दिन स्वीकृति पाएका यी तीन कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको