Like us!
Follow us!
Connect us!
Watch us!

५-७ वर्षमा सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी काम गर्नुपर्नेछ - अर्थमन्त्री वाग्ले

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १५ : २६ मा प्रकाशित

५-७ वर्षमा सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी काम गर्नुपर्नेछ - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको बनाउने लक्ष्यसहित काम गर्नुपर्ने बताएका छन्। बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले आगामी बजेट पनि यही लक्ष्य अनुसार ल्याइने जानकारी दिए।

उनका अनुसार सरकारले नियमित बजेटबाहेक अन्य स्रोतबाट पनि विकास निर्माणका काम छिटो अगाडि बढाउने उपाय खोजिरहेको छ। ठूला सडक आयोजना र निर्माण कार्य निजी क्षेत्रलाई जिम्मा दिएर पनि अघि बढाउन सकिने उनले बताए। मन्त्री वाग्लेले ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सके ५ देखि ७ वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने सम्भावना रहेको उल्लेख गरे। यस्तो उपलब्धिले देशको प्रतिष्ठा पनि बढ्ने उनले बताए।

त्यसैगरी उनले अब नीतिगत कब्जाको युग समाप्त भएको भन्दै सबैलाई अघि बढाउने योजना ल्याइने पनि स्पष्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको