Like us!
Follow us!
Connect us!
Watch us!

बजेट अधिवेशनलाई अर्थपूर्ण बनाउनेगरी तयारी हुँदैछ

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १४ : ३९ मा प्रकाशित

बजेट अधिवेशनलाई अर्थपूर्ण बनाउनेगरी तयारी हुँदैछ

सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता र पहुँच विस्तार गर्न आफू गम्भीर रहेको बताएका छन्। पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै सभामुख अर्यालले संसदीय गतिविधि र समितिहरूमा सञ्चारकर्मीहरूको सहज पहुँच सुनिश्चित गर्ने दिशामा काम भइरहेको बताए।

उनले भने, ‘म अहिले पनि सजिलै एक्सेस हुने मान्छे हुँ, मलाई यहाँहरूले गर्नुभएको फोन ८०र९० प्रतिशत भन्दा माथिको उठेकै होला।’

संसद संसद्को वर्तमान अस्थायी पूर्वाधारका कारण सिर्जित प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूलाई स्वीकार गर्दै ती समस्याहरूलाई क्रमिक रूपमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेषगरी राष्ट्रपति लगायतका उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहने विशेष समारोहहरूमा संरचनागत अभावका कारण हुने असहजताप्रति ध्यान दिँदै सुधारका प्रयास थालिने बताइएको छ। सञ्चारकर्मीहरूको पहुँच, पास तथा रिपोर्टिङ व्यवस्थापनलाई थप व्यवस्थित र न्यायसङ्गत बनाउनुपर्नेमा जोड दिँदै कुनै पनि पक्षले विभेदको महसुस नगर्ने गरी नीतिगत स्पष्टता ल्याइने उल्लेख छ।

त्यसैगरी, प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने प्रक्रियामा सरोकारवाला सबैको अर्थपूर्ण सहभागिता र सुसूचित हुने अधिकारलाई प्राथमिकता दिइने कुरा अघि सारिएको छ। लोकतन्त्रको प्राण मानिने अभिव्यक्ति स्वतन्त्रतालाई संविधान र कानुनको परिधिभित्र रहेर पूर्ण रूपमा सम्मान गरिने धारणा पनि व्यक्त गरिएको छ। पुराना र असान्दर्भिक अभ्यासहरूलाई परिमार्जन गर्दै नयाँ पुस्ता, प्रविधिको विकास र बदलिँदो सामाजिक परिवेश सुहाउँदो नयाँ नजिरहरू स्थापित गर्नुपर्ने उनको भनाइ छ।

संसदीय समितिहरूलाई गोप्य नराखी खुला र पारदर्शी बनाउने तथा आगामी बजेट अधिवेशनलाई विगतको भन्दा भिन्न र बढी प्रभावकारी बनाउने रणनीतिक तयारी भइरहेको समेत जानकारी दिइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको