Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १८ : ४५ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार साँझ साढे ५ बजे अर्थ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। 

श्रेष्ठ २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उक्त पदमा नियुक्त गरिएको थियो।

नयाँ सरकार गठनसँगै बोर्ड नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका बेला उनले राजीनामा दिएका हुन्। श्रेष्ठले बिचौलियाहरुको निकट काम गर्दै आइरहेको कुरा पटक पटक बाहिरिदै आएको थियो । सरकारले बर्खास्त गर्ने संकेत पाएसँगै उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको