सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक सेयर खरीद–बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहकै अन्य सेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार यसअघि सूचना प्रकाशित गरिएको थियो ।
तर तोकिएको अवधि (३५ दिन) भित्र कुनै पनि संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी पुनः सेयर बिक्रीमा राखिएको हो । इच्छुक योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मिति (वैशाख ७ गते)ले ३५ दिनभित्र काठमाडौंको नारायणहिटीपथ स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस