Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफका चार जना सञ्चालकहरूको पदावधि थप

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १० : ३६ मा प्रकाशित

सन नेपाल लाइफका चार जना सञ्चालकहरूको पदावधि थप

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ । सञ्चालक अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी र नारायण रुगटाको चार वर्षे पदावधि भोलि वैशाख ८ गतेबाट समाप्त हुने भएकोले आगामी वार्षिक साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गरिएको हो ।

सञ्चालक समितिको वैशाख ६ गते बसेको १५७ औं बैठकले पदावधि थप गर्ने निर्णय गरेको हो । साथै हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम अनुज क्याल अध्यक्ष पदमा नै निरन्तरता हुने समेत कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको