नयाँ सरकार आएसँगै सम्पत्ति शुद्धिकरणका मुद्दाहरमा छानविन सुरु भएसँगै हिमालय रिइन्स्योरेन्सका सञ्चालकहरुको भागाभाग भइरहेको छ । पुर्नबीमा कम्पनीका सञ्चालकहरुले एक पछि अर्को गरेर राजीनिमा दिइरहेका छन् ।
चुनाव लगतै फागुन २५ गते अध्यक्ष शेखर गोल्छाले राजीनामा दिए पछि सुरु भएको राजीनामकाको यात्रा जारी रहेको छ । पछिल्लो घटनाक्रममा सञ्चालक समितिका थप चार सदस्यले पद त्यागेका छन् । कम्पनीका अनुसार अमित मोर, राजीव मोर, सुभेच्छा खरेल र सुभास कुमार झुनझुनवालाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनीहरूको राजीनामा गत शुक्रबार नै स्वीकृत भइसकेको छ । राजीनामापछि रिक्त स्थानमा दीपक कुमार मिश्र र आशिष चन्द्र न्यौपानेलाई वार्षिक साधारण सभासम्मका लागि नयाँ सञ्चालकका रूपमा ल्याइएको छ । योसँगै कम्पनीले दोस्रो पटक सञ्चालक समिति पुनर्गठन गरेको छ ।
यसअघि चैत २५ गते उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई सञ्चालकमा नियुक्त गरिएको थियो । हाल निरौलाले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । पूर्व सञ्चालक साहील अग्रवाल प्रहरीको फरार सूचीमा छन् भने आधारभूत सेयरधनी दीपक भट्ट अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस