नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ । बुधबार एक सूचनामार्फत प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो ।
देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् । यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस