Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको नाफा १३ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १० : ३१ मा प्रकाशित

आँखुखोला जलविद्युतको नाफा १३ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड २४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा पनि बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३.८२ प्रतिशत बढेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २३.३१ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर २ रुपैयाँ ५६ पैसा पुगेको छ । चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा रहेको छ । २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको