Like us!
Follow us!
Connect us!
Watch us!

सङ्घीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्बले ऋणात्मक: खर्च प्रणालीमा सुधारको आवश्यकता

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, ०८ : १० मा प्रकाशित

सङ्घीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्बले ऋणात्मक: खर्च प्रणालीमा सुधारको आवश्यकता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' ले सङ्घीय सरकारको वित्तीय अवस्था चिन्ताजनक रहेको देखाएको छ।

श्वेतपत्रका अनुसार, २०८२ चैत १२ गतेसम्म सङ्घीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्ब १५ करोड रुपैयाँले ऋणात्मक रहेको छ। यद्यपि, चालु आर्थिक वर्षको ९ महिनामा केही बचत भए पनि सञ्चित कोषमा देखिएको निरन्तरको घाटाले सरकारी खर्च व्यवस्थापनमा ठूलो चुनौती खडा गरेको छ।

श्वेतपत्रको तथ्याङ्कले एउटा विरोधाभासपूर्ण अवस्थालाई पनि चित्रण गरेको छ। एकातर्फ सङ्घीय सरकार घाटा बजेटलाई पूर्ति गर्न ऋण लिन बाध्य छ भने अर्कोतर्फ प्रदेश र स्थानीय तहका सञ्चित कोषहरू भने बचतमा रहेका छन्। यसले संघीयताको कार्यान्वयनमा वित्तीय साधनको परिचालन र समन्वयमा रहेका कमजोरीलाई छर्लङ्ग पारेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको