Like us!
Follow us!
Connect us!
Watch us!

शेखर गोल्छालाई थप ३ दिनमा थुनामा राख्न अनुमति

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १४ : ४९ मा प्रकाशित

शेखर गोल्छालाई थप ३ दिनमा थुनामा राख्न अनुमति

व्यवसायी शेखर गोल्छाविरुद्ध भइरहेको अनुसन्धानका लागि थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन थुनामा राखेर अनुशन्धान गर्न अनुमति दिएको हो । 

बिहीबार भएको सुनुवाइपछि अदालतले गोल्छालाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्ने आदेश दिएको हो । उनी गत वैशाख १० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा सीआईबीले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका गोल्छालाई पक्राउ गरेको थियो । यसअघि अदालतले पहिलो पटक चार दिन र त्यसपछि थप तीन दिन अनुसन्धानका लागि अनुमति दिइसकेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको