Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचक ५ अंकले घट्दा ४ अर्ब ९१ करोडको कारोबार

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १५ : ०६ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचक ५ अंकले घट्दा ४ अर्ब ९१ करोडको कारोबार

सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेर कारोबार भएको हो । आज सेयर बजार परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०७ अंकले घटेर ४६४.४३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको मात्रै बढेको छ । 

सेयर बजार घटेको दिन नेप्सेमा ५ अर्ब भन्दा पनि कमको कारोबार भएको छ । आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर ८० हजार ४२७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको