Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ३४ अंकले घट्यो, कारोबार ४ अर्बमा सिमित

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, १५ : ०८ मा प्रकाशित

सेयर बजार ३४ अंकले घट्यो, कारोबार ४ अर्बमा सिमित

सेयर बजारमा आज पनि गिरावट देखिएको छ । साताको कारोबार हुने पहिलो दिन परिसूचक ३४.६३ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७०४.०८ अंकमा पुगेको छ । आज सेयर बजार १.२६ अंकले घटेर बन्द भएको हो । आज सेयर बजारमा २४० कम्पनीको सेयर मूल्य घटेको छ भने २७ कम्पनीको बढेको छ । आज दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.३७ अंकले घटेर ४६१.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । 

लगातार रुपमा घटिरहेको बजारमा कारोबार पनि ४ अर्बमा सिमित भएको छ । आज ३४१ कम्पनीका १ करोड ७४ हजार ५२४ कित्ता सेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँको कारोबार भएको छ । आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको