नेपाल सरकार पूर्व सचिव तथा सामाजिक अभियान्ता भीम उपाध्यायले देशको विकास लागि आन्तरिक उत्पादनमा जोड दिनु पर्ने बताएका छन् । अर्थसंसारको अर्थ बहसमा कुरा गर्दै उपाध्यायले आयात भएको बस्तुमा कर लगाएर मात्रै देश नबन्ने बताएका हुन् ।
अहिले नेपाल विदेशबाट आयात भएको बस्तुमा कर लगाएर चलिरहेको भन्दै नयाँ सरकारले आफ्नो आन्तरिक उत्पादनलाई जोड दिनु पर्ने उनको सुझाब थियो । ‘देश बनाउनका लागि आन्तरिक उत्पादन महत्वपूर्ण हुन्छ । आफ्नो उत्पादनमा जोड दिएर काम गरियो भने देश विकास हुनका लागि धेरै समय लाग्दैन,’ उनले भने । पुरानाहरुले काम नगरेकाले नयाँहरुको उदय भएकाले नयाँले छिटो छिटो काम गर्नु पर्ने उनको भनाइ छ ।
अहिलेको सरकारले छिटो काम गर्नका लागि पनि अध्यादेश ल्याएको उनी बताउँछन् । संसदबाट कानुन बनाउँदा धेरै समय लाग्ने भएकाले अहिलेको सरकारले छिटो गर्नका लागि अध्यादेशको बाटो रोजेको हुन सक्ने उनले बताए । ‘संसदबाट कानुन बनाएर ल्याएको भए पनि हुने थियो । तर, अहिले जनतालाई छिटो काम चाहिएकाले संसदबाट आउँदा समय लाग्ने भएकाले अध्यादेश ल्याएको हुन सक्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस