Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो गिरावट, कारोबार ३ अर्बमा सिमित

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १४ : ५५ मा प्रकाशित

सेयर बजारमा झिनो गिरावट, कारोबार ३ अर्बमा सिमित

बुधबार सेयर बजारमा फेरि गिरावट आएको छ । अघिल्लो दिन बढेको सेयर मूल्य आज फेरि घटेको हो । आज सेयर बजार परिसूचक १.६४ अंकले घटेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७११.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले बढेर ४६३.१२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको मूल्य घटेको छ । परिसूचक सामान्य घटेको दिन कारोबार रकम ३ अर्बमा सिमित भएको छ । 

आज सेयर बजारमा ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको