Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रम आउने दिन सेयर बजारमा हरियाली, साढे ४ अर्ब माथिको कारोबार

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १५ : ०८ मा प्रकाशित

नीति तथा कार्यक्रम आउने दिन सेयर बजारमा हरियाली, साढे ४ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूच दोहोरो अंकले बढेको छ । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिने सेयर बजार परिसूचक ३८.१९ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २७८३.८५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.३९ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.०८ अंकले बढेर ४७३.४१ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

परिसूचक बढेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३२ कम्पनीका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर ६८ हजार ४४४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको