अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली जनताले कुशासनको मार धेरै भोगिसकेको उल्लेख गर्दै अब सुशासनको लाभांश प्राप्त गर्ने बेला आएको बताएका छन्। अर्थमन्त्री वाग्लेले सरकारले विभिन्न पाँच विषयलाई आगामी बजेटमा मुख्य प्राथमिकतामा राख्ने गरी काम गरिरहेको बताउँदै भने, ‘नेपाली नागरिकले कुशासनको मूल्य चाँहि धेरै चुकाइसके, अब लाभांश लिने बेला आयो सुशासनको ।’
उनले भने, ‘आम जनताले महसुस हुने गरेर अर्को पाँच वर्षमा सुशासन दिने गरी सरकार अगाडि बढ्छ, तर पहिलो वर्ष नै केहि सुधार दिने गरी काम गर्छौ ।’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रकै आधारमा आउने स्पष्ट पारेका छन्। आज बसेको अर्थ समितिको बैठकमा बजेट तयारीबारे जानकारी दिँदै उनले आगामी बजेटमा पाँच मुख्य प्राथमिकताहरू समेटिने बताए। मन्त्री वाग्लेले ती प्राथमिकताका क्षेत्रमा सरकारले किन लगानी गर्दैछ भन्ने कुराको स्पष्ट आधार र मूर्त अंकसहितको खाका बजेटमा प्रस्तुत गरिने प्रतिबद्धता समेत जनाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस