रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारप्रति आम जनताको विश्वास र भरोसा कायम रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताको विश्वासकै कारण सरकारले दुई तिहाइ नजिकको समर्थन प्राप्त गरेको उल्लेख गरे।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ झन्डै प्राप्त गर्दै यतिखेर यो देशको राजनीतिक बागडोर मात्र होइन, राज्यको सम्पूर्ण बागडोर सम्हालेर अगाडि बढ्दै छ। हामीले हाम्रा वाचापत्र मात्र कुरा गरेर हाम्रा बाचा पत्रका मात्र कुरा गरेनौँ। हामीले त प्रतिपक्षका बाचा पत्रका पनि कुरा गर्यौँ।’
उनले रास्वपाले निर्वाचनको बेलामा गरेको बाचा पूरा गर्ने जिकिर गरे।
उनले विपक्षी दललाई सोधे, ‘तपाईँहरूको ती वाचापत्र निर्वाचन सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थे होलान् र जनतालाई गरिएका ती बाचाहरू विगतको ३७ वर्षमा कति पूरा गरियो र ती आफैँले लेखेका बाचा पत्रहरू हेरेर कति चोटि जनतामाझ पुगियो होला?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस