Like us!
Follow us!
Connect us!
Watch us!

'बीमाको पहुँच विस्तार गर्न प्राधिकरण नियामकिय रुपमा बलियो हुन आवश्यक छ '

अर्थ संसार

शुक्रबार, ०१ जेठ २०८३, १४ : १४ मा प्रकाशित

'बीमाको पहुँच विस्तार गर्न प्राधिकरण नियामकिय रुपमा बलियो हुन आवश्यक छ '

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमाको पहुँच विस्तार गर्न प्राधिकरणलाई नियामकीय रूपमा अझ सशक्त बन्न सुझाव दिएका छन्।

उनले बीमालाई प्राकृतिक तथा मानव सिर्जित जोखिम व्यवस्थापन गर्दै आर्थिक सुरक्षा प्रदान गर्ने प्रभावकारी वित्तीय साधनका रूपमा उल्लेख गर्दै यसको पहुँच आम नागरिकसम्म सहज र सर्वसुलभ बनाउन आवश्यक रहेको बताए। बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सेवा विस्तारमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले हाल करिब आधा जनसंख्या मात्रै बीमाको दायरामा रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गसम्म बीमा सेवा विस्तार गर्न प्राधिकरणले थप सक्रिय भूमिका खेल्नुपर्ने बताए। बीमा गर्ने प्रक्रियादेखि दाबी भुक्तानीसम्मका सम्पूर्ण कार्यलाई डिजिटल प्रणालीमार्फत सरल र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। उनले बीमा क्षेत्रको नियामकका रूपमा प्राधिकरणले बीमा व्यवसायलाई प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउँदै बीमितको हित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। साथै, सरकारको बीमा सम्बन्धी सल्लाहकार निकायका रूपमा प्राधिकरणबाट नीतिगत तथा कानुनी सुधारका सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको