Like us!
Follow us!
Connect us!
Watch us!

‘अन्तर बैंकिङ कारोबार शुल्कले डिजिटल नेपालको परिकल्पनामा असर, १० रुपैयाँ सेवा शुल्कले आम नागरिकलाई समस्यामा’

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, १२ : ५७ मा प्रकाशित

‘अन्तर बैंकिङ कारोबार शुल्कले डिजिटल नेपालको परिकल्पनामा असर, १० रुपैयाँ सेवा शुल्कले आम नागरिकलाई समस्यामा’

सांसद आकृति अवस्थीले अन्तर बैंकिङ कारोबार गर्दा लाग्ने सेवा शुल्कका कारण डिजिटल नेपालको परिकल्पनालाई समस्या पार्ने बताएकी छिन् । सोमबारको प्रतिनिधि सभाब बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनयिोजन विद्येयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफलको क्रममा उनले सो कुरा बताएकी हुन् ।

सांसद अवस्थीले सरकारको नीति तथा कार्यक्रममा डिजिटल नेपालको परिकल्पना गरिए पनि समस्या रहेको बताइन् । उनले बैंकिङ कारोबार गर्दा लाग्ने १० रुपैयाँ सेवा शुल्कका कारण आम नागरिक र साना व्यवसायीहरु निरुत्साहित भएको बताईन् । ‘हामी एकतिर क्यासलेस कुरा गर्दै छौं, अर्कोतिर एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउदा लाग्ने १० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था अझै कायम रहेको छ । जसले गर्दा साना रकम कारोबार गर्ने आम नागरिक र साना व्यवसायीहरुलाई निरुतसाहित गरिरहेका छ ,’ उनले छलफलमा भनिन् ,‘ डिजिटल कारोबारलाई थप सहज सर्वसुलभ बनाउन अन्तर बैंक कारोबार शुल्क पुनरावलोकन गर्न आवश्यक देखिन्छ ।’

त्यसैगरी अवस्थीले व्यवसायीक प्रयोजनका लागि व्यक्तिगत क्युआर कोड प्रयोग गर्ने प्रवृत्तिले कर प्रणाली वित्तीय पारदर्शिता उपभोक्ता तथा उपभोक्ता अधिकारमािथ प्रत्यक्ष असर गरिरहेको बताइन् । त्यसैले गर्दा डिजिटल कारोबारलाई थप विश्सनीय र सहज जनमैत्री बनाउन आवश्यक नीति सुधार प्रभावकारी अनुगमन र नियमनलाई थप सुदृढ गर्न सरकारलाई उनले आग्रह गरिन् ।

सांसद अवस्थीले डिजिटल नेपालको परिकल्पना गदै सरकराको नीति तथा कार्यक्रममा आउनु स्वगतयोग्य भएको बताइन् । ‘डिजिटल नेपालको परिकल्पना गदै सरकराको नीति तथा कार्यक्रममा डिजिटल भुक्तानी प्रणाली विस्तार, नगद रहित कारोबारलाई प्रोत्साहन र वित्तीय पहुँच बढाउने लक्ष्य स्वागतयोग्य रहेको छ । पछिल्लो समय क्यआर भुक्तानी , मोबाइल बैंकङि र डिजिटल वालेटको प्रयोग उल्लेखनीय बढेको देखाएको छ । तर व्यवहारमा चुनौती अझै रहेका छन्, त्यसलाई हटाउनु आवश्यक छ उनले भनिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको