Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको वरिष्ठ उपाध्यक्षमा ४ प्रत्यासी, श्रेष्ठलाई चुनौति दिदै उपाध्यक्ष पाण्डे

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, १२ : १४ मा प्रकाशित

महासंघको वरिष्ठ उपाध्यक्षमा ४ प्रत्यासी, श्रेष्ठलाई चुनौति दिदै उपाध्यक्ष पाण्डे

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सकिएको १७ दिन पुग्यो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार अन्जन श्रेष्ठ अध्यक्ष बने । अन्य पदमा निर्वाचन भयो । निर्वाचनमा पनि अध्यक्ष श्रेष्ठले नै समर्थन गरेको समूहको बाहुल्यता छ ।

महासंघले विधान परिमार्जन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष नहुने र उक्त पद कार्यसमितिले चयन गर्ने व्यवस्था गरिएको छ । जस अनुसार यस अघि कोषाध्यक्षको मात्रै चुनाव कार्यसमितबाट हुने गरेकोमा अब वरिष्ठ उपाध्यक्ष पदको पनि चुनाव उसै गरि हुने भएको हो । पहिलो पटक यसरी छनोट हुने वरिष्ठ उपाध्यक्षका लागि ४ जना प्रतिप्रर्धि देखिएका छन् । वैशाख २२ गते भएको चुनाव अघि नै आगामी कार्याकालका लागि वरिष्ठको उम्मेदवार बनेका हेमराज ढकाल, निर्वातमा उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्ष रामचन्द्र संघाइ र पूर्व कोषाध्यक्ष भरत आचार्य वरिष्ठका प्रत्यासी देखिएका छन् ।

आचार्य, संघाइ र वैद्य तीनै जना अध्यक्ष श्रेष्ठ समूहका हुन् । उनीहरुमध्ये अध्यक्ष अन्जन श्रेष्ठले वैद्यलाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहिरहेका छन् । तर, चुनाव अघि उम्मेदवारी घोषणा गरिएको उक्त पदका लागि अहिले श्रेष्ठको समूहमा नै विवाद चुलिएको छ । उनलाई वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनाउन साथ दिएका अहिलेका उपाध्यक्ष प्रवलराज पाण्डले उनलाई चुनौति दिने देखिएको छ । महासंघमा निकै बलियो रुपमा हेरिने उक्त समूहले वरिष्ठ उपाध्यक्षमा संघाइ वा आचार्य हुनु पर्ने बताइरहेको छ । यसले पाण्डे र श्रेष्ठको लामो समयदेखिएको सहकार्यमा पूर्णविराम लाग्ने संकेत गरेको छ । 
वरिष्ठमा मात्रै होइन अहिले उपाध्यक्ष पाण्डेले कोषाध्यक्षमा पनि अध्यक्षले अघि सारेका उम्मेदवारलाई सहयोग गर्ने भन्दा पनि आफ्नै उम्मेदवार तयार पारेको चर्चा छ । कोषाध्यक्षमा श्रेष्ठले मनिषलाल प्रधानलाई रोज्दा पाण्डे समूह अम्बिका प्रसाद पौडेलको पक्षमा देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको