Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार विभागको तथ्यांक : नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघ्यो, व्यपार घाटा १४ खर्ब माथि

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, १३ : १६ मा प्रकाशित

भन्सार विभागको तथ्यांक : नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघ्यो, व्यपार घाटा १४ खर्ब माथि

भन्सार विभागले चालु आर्थिक वर्ष १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) को व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार १९ अर्ब माथि पुगेको छ । 

चालु आर्थिक वर्षको १० महिनामा नेपालका वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको उच्च दबाबका कारण व्यापार घाटा भने अझै बढेको छ । समीक्षा अवधिमा विभिन्न मुलुकबाट नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको तुलनामा १४.८२ प्रतिशतले वृद्धि हो । आयातमा देखिएको यो वृद्धि दरले आन्तरिक माग तथा उपभोग बढेको संकेत गरे पनि आयात–निर्भर संरचना अझै कमजोर रहेको स्पष्ट देखाउँछ ।

निर्याततर्फ भने पनि सुधारको संकेत देखिएको छ । चालु आवको १० महिनामा नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यसअनुसार निर्यात १४.२५ प्रतिशतले वृद्धि भएको छ । निर्यातमा भएको वृद्धि सकारात्मक भए पनि आयातको तुलनामा यसको आकार निकै सानो रहेको छ ।

आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार असन्तुलन झन् गहिरिएको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँको तुलनामा १४.९२ प्रतिशतले बढी हो । लगातार बढ्दो व्यापार घाटाले वैदेशिक मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्ने तथा अर्थतन्त्रमा दीर्घकालीन चुनौती थपिने संकेत गरेको छ ।

समग्र वैदेशिक व्यापारको आकार पनि बढ्दै गएको देखिएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७५ प्रतिशतले वृद्धि हो । भन्सार विभागका अनुसार कुल व्यापार संरचनामा आयातको हिस्सा अझै अत्यधिक रहेको छ । आयातको हिस्सा ८७.१७ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा मात्र १२.८२ प्रतिशतमा सीमित रहेको छ । आयात र निर्यातबीचको अनुपात ६.७९ प्रतिशत रहेको तथ्यांकले नेपालको व्यापार संरचना अझै पनि आयातमुखी रहेको स्पष्ट देखाउँछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको