नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आज हुने निर्वाचनका लागि हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् । कार्यसमितिबाट निर्वाचन हुने वरिष्ठ उपाध्यक्षमा उनले चुनाव अघिनै उम्मेदवारी घोषणा गरेका थिए ।
अब रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच सो पदका लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै आजनै कोषाध्यक्षका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेल बीच निर्वाचन हुने छ । मतदान आजै हुने र मतगणना समेत आजै हुने निर्वाचन तालिका छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस