Like us!
Follow us!
Connect us!
Watch us!

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स छनोट खेल्ने टोलीको घोषणा

अर्थ संसार

आइतबार, १० जेठ २०८३, १४ : ४४ मा प्रकाशित

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स छनोट खेल्ने टोलीको घोषणा

एसियन गेम्स छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। सिंगापुरमा जेठ १७ गतेबाट सुरु हुने प्रतियोगितामा १३ देशले सहभागिता जनाउनेछन्। 

प्रतियोगितामा नेपालले समूह ए मा रहेर समूह चरणमा थाइल्यान्ड र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह बी मा ओमान, माल्दिभ्स र सिंगापुर छन्। समूह सी मा हङकङ, बहराइन र दक्षिण कोरिया रहेका छन्। समूह डी मा भने ४ वटा राष्ट्र रहेका छन्। जसमा माल्दिभ्स, कतार, चीन र उज्वेकिस्तान रहेका छन्।  चार समूहको शीर्ष २ ले क्वाटरफाइनलमा स्थान बनाउनेछन्। क्वाटरफाइनलको विजेता शीर्ष ४ टोलीले एसियन गेम्समा स्थान बनाउनेछन्। 

नेपालको टोली : दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहब आलम । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको