इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ समिकरण पुरा भएको छ । राजस्थान रोयल्स प्लेअफमा पुगेसँगै यो सिजनको प्ले अफ समिकरण पुरा भएको हो ।
आइतबार भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै प्ले अफमा पुग्ने अन्तिम टोलि बनेको छ । लिगको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गरेपछि राजस्थानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो नतिजापछि पञ्जाब किंग्स प्रतियोगिताबाट बाहिरिएका छन् । यो सिजन राजस्थानसँगै गुजरात टाइटन्स, बैंग्लुरु र सनराइजर्स हैदराबाट प्लेअफमा पुगेका छन् ।
अब प्लेअफमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी), गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थानले प्रतिस्पर्धा गर्नेछन् । पहिलो क्वालिफायरमा अंक तालिकाको शीर्ष दुई टोली आरसिबी र गुजरात टाइटन्सबीच मे २६ मा धर्मशालामा खेल हुनेछ । त्यस खेलको विजेता सिधै मे ३१ मा अहमदाबादमा हुने फाइनलमा पुग्नेछ ।
हार्ने टोलीले भने दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । उनीहरूले इलिमिनेटरको विजेतासँग मे २९ मा न्यु चण्डीगढमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहेका हैदराबाद र राजस्थानबीच मे २७ मा इलिमिनेटर खेल हुनेछ । त्यस खेलको हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस