अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको बजेट पेस गर्न सुरू गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत प्रक्रिया अघि बढाएका हुन् ।
यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस