साफ महिला च्याम्पियनसिप–२०२६ को उपाधि घरेलु टोली भारतले जितेको छ । गोवाको जवहरलाल नेहरु रङ्गशालामा हिजो भएको फाइनलमा भारतले बङ्गलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
योसँगै भारतले साफ महिला प्रतियोगितामा छैटौँ पटक उपाधि जित्न सफल भयो । भारतको जीतमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बङ्गलादेशका लागि रितु पोर्ना चक्माले एक गोल गरिन । सेमिफाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराएको थियो भने भारतले भुटानलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
पछिल्ला दुई संस्करण सन् २०२२ र २०२४ मा च्याम्पियन बनेको बङ्गलादेश यस पटक उपविजेता बन्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस