Like us!
Follow us!
Connect us!
Watch us!

‘पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्न बोर्ड क्रियाशील छ’

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १३ : ४६ मा प्रकाशित

‘पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्न बोर्ड क्रियाशील छ’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष उत्तम कुमार खत्रीले नेपाल धितोपत्र बोर्ड पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्न क्रियाशील रहेको बताएका छन् । बोर्डको ३४ औँ वार्षिकोत्वको अवसरमा शुभकामना दिदैँ उनले यस्तो बताएका हुन् । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ बाट प्रदत्त अधिकार अनुरूप बजारलाई भरपर्दो, विश्वसनीय एवं गतिशील बनाउन बोर्डबाट कार्य सम्पादन हुँदै आएको उनको भनाइ छ । नेपाल सरकारको नीतिबमोजिम पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्न बोर्ड क्रियाशील रहेको उनले बताए । ‘बोर्डले धितोपत्र नियमन, नेप्से तथा सिडिएस एण्ड क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तारका साथै ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गर्ने गरी आगामी कार्यदिशा तय गर्नेछ,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको