Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : फ्रान्सको विजयी सुरुआत, एम्बाप्पेको कीर्तिमान

अर्थ संसार

बुधबार, ०३ असार २०८३, ०६ : ०६ मा प्रकाशित

विश्वकप फुटबल : फ्रान्सको विजयी सुरुआत, एम्बाप्पेको कीर्तिमान

फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले जित निकालेको छ । विश्वकपमा विजयी सुरुआत गर्ने क्रममा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको हो । 

न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान समेत बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले ६६ औँ मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । उक्त गोलसँगै उनले फ्रान्सका पूर्व स्ट्राइकर ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

फ्रान्सले ८२औँ मिनेटमा अग्रता दोब्बर बनायो । एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल गर्दै टोलीलाई २–० को अवस्थामा पु¥याए । खेलको इन्जुरी समयमा सेनेगलले पुनरागमनको संकेत दिएको थियो । इन्जुरी समयको पाँचौं मिनेटमा इलिमान एनडियाएको पासमा इब्राहिम म्बायेले गोल गर्दै अन्तर २–१ मा झारे । तर, त्यसको एक मिनेटपछि एम्बाप्पेले लामो दूरीको प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । 
योसँगै उनले राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५८ पुर्‍याउँदै फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बने । रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको