Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको अग्रसरताले पुँजी बजार सुधार आएको हो - लगानीकर्ता खरेल

अर्थ संसार

मंगलबार, ०५ साउन २०८३, १६ : ५७ मा प्रकाशित

बालेनको अग्रसरताले पुँजी बजार सुधार आएको हो - लगानीकर्ता खरेल

सेयर बजारका लगानीकर्ता नानीबाबु खेरेलले प्रधानमन्त्री बालेन साहको अग्रसरताले पुँजी बजारमा सुधार आएको बताएका छन् । अर्थसंसारसँग कुरा गर्दै उनले डा.स्वर्णिम वाग्लेको नकारात्मक कुराले घटेको बजार बालेनको अग्रसरताले बढेको बताएका हुन् । 

चालु आर्थिक वर्ष सुर भएदेखि नै पुँजी बजार लगातार रुपमा बढीरहेको छ । चालु आर्थिक वर्षका तीन कारोबार दिन नै बजार बढ्यो । कारोबार रकममा पनि सुधार देखिएको अवस्था छ । यो अवस्थामा नीति भन्दा पनि बालेनको अर्थतन्त्रमा नै हस्तक्षप गरेकाले बजारले गति लिएको खरेलको भनाइ छ । 

‘स्वर्णिम वाग्लेले अर्थमन्त्री बनेदेखि नै नकारात्मक कुरा मात्रै गरेकाले बजार घटेको थियो । कर बढाउनै नहुने ठाउँमा कर बढाउने, कर लगाउन नहुने ठाउँमा पनि कर लगाइएको अवस्था थियो । अहिले बालेनले हस्तक्षेप गरेकाले बजार बढेको हो,’ उलने भने । मार्केटका लागि सम्बोधन गर्नु पर्ने विषयमा अहिले प्रधानमन्त्री बालेनले नै अग्रसाता लिएका छन् । बालेनले अर्थनीतिलाई ह्यान्डलिङ गरेकाले हाम रुपमा सहजताको अवस्था देखिएको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको