Like us!
Follow us!
Connect us!
Watch us!

कहिले पुग्छ २ सय ४३ स्थानीय तहमा बैंक ?

विहीबार, ०३ जेठ २०७५, ०८ : १९ मा प्रकाशित

कहिले पुग्छ २ सय ४३ स्थानीय तहमा बैंक ?

अर्थ संसार, काठमाडौं– सरकारी घोषणा भएको एक वर्ष बितिसक्दा पनि अझै ठूलो संख्याका स्थानीय तहमा बैंक पुगेका छैनन् ।

राष्ट्र बैंकका अनुसार अझै २ सय ४३ स्थानीय तहमा बैंक पुगेका छैनन् । केन्द्रीय बैंकलेवैशाख मसान्तसम्म ६ सय ३७ स्थानीय तहमा बैंक पुर्याउन निर्देशन दिएकोथियो। हाल ५ सय १० स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका छन्।

मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९५ मा पहिलेनैवाणिज्य बैंकका शाखा पुगिसकेका थिए । चैत दोस्रोसाता यो संख्या बढेर ३ सय ९४ पुगिसकेको थियो। बा“की २ सय ४३ स्थानीय तहमा बैंकहरूलेस्वैच्छिक रूपमा शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

बाँकी थप १ सय १६ स्थानीय तहमा शाखा स्थापनाका लागि राष्ट्र बैंकले असार मसान्तसम्म समय दिएकोछ । आवश्यक पूर्वाधार नभएकोलगायत विविध कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरपछिे लक्षित सबै स्थानीय तहमा पनि बैंक पुग्न नसकेका हुन्।

पछिल्लोपटक गत चैत १४ गते बैंकहरूलाई परिपत्र गरी ०७५ वैशाख मसान्तभित्र थप २ सय ४३ स्थानमा शाखा खोल्न निर्देशन दिएकोथियो। राष्ट्र बैंकको निर्देशन अनुसार सबै
बैंकहरूले तोकिएको स्थानमा शाखा स्थापना गरको  भए गत वैशाखसम्म ६ सय ३७ स्थानीय तहमा बैंक पुग्ने थिए ।

यसलेएकातिर छिटोभन्दा छिटोहरक  गाउँपालिकामा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारकोयोजना असफल भएकोछ भने अर्कोतिर राष्ट्र बैंकको निर्देशन
पालना भएकोछैन । वैशाखसम्म के–कति स्थानीय तहमा शाखा पुगेका छन् भन्ने आधिकारिक तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरको  छैन ।

निर्देशनअनुसार तोकिएका स्थानीय तहमा बैंक पुगे/पुगेनन् भनेर जिज्ञासा राख्दा राष्ट्र बैंकका प्रवक्ता एवं नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेलले तथ्यांक संकलनकोकाम भइरहेको बताए ।

निर्देशनअनुसार बैंकहरूलेशाखा स्थापना गरिरहेका र केहीलेथप समय माग्दैराष्ट्र बैंकमा आवेदन दिएकोउनले बताए । ‘तोकिएकोमितिमा शाखा स्थापना नगर्ने बैंकहरूलाई न त राष्ट्र बैंकले कारबाही गरको  छ न त स्पष्टीकरण नै सोधेकोछ । निर्देशन जारी गर्दा राष्ट्र
बैंकले निर्देशन पालना नगर्ने बैंकहरूलाई राष्ट्र बैंक ऐनअनुसार करबाही गर्ने बताइएको थियो।

‘तोकिएको समय भित्र शाखा स्थापना नगर्ने बैंकहरूलाई राष्ट्र बैंक ऐनअनुसार कारबाही गरिनेछ,’ राष्ट्र बैंकद्वारा गत चैतमा जारी भएको परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकको
निर्देशन अनुसार बैंकहरूलेहरक  १५/१५ दिनमा शाखा स्थापनामा भएको प्रगतिबारे अनिवार्य रूपमा राष्ट्र बैंकमा जानकारी दिनुपर्छ ।

स्रोतका अनुसार गत वर्ष साउनदेखि यस वर्ष वैशाखसम्म थप २ सय १४ स्थानीय तहमा शाखा स्थापना भएका छन्। ‘आउँदो असारभित्र बा“की सबैस्थानीय तहमा शाखा स्थापना गरिसक्ने हाम्रो योजना छ, सोही अनुरूप बैंकहरूलाई निर्देशन दिएका छौं,’ स्रोतलेभन्यो।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूद्वारा धमाधम शाखा स्थापना भइरहेकोबैंकर्स
संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘अत्यावश्यक पूर्वाधारहरूको कमी रहँदारहँदै पनि बैंकहरू लेशाखा विस्तारलाई तीव्रता दिएका छन्,’ उनले भने, ‘मैलेमात्र दुई दिनमा ११ वटा शाखा स्थापना गरी फर्केको छु।’ तोकिएका मध्येकेही स्थानमा समस्या देखिए पनि अधिकांशमा शाखा स्थापना भइसकेको उनलेदाबी गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको