Like us!
Follow us!
Connect us!
Watch us!

४२ वित्तीय संस्थाको पुँजी पुगेन

शुक्रबार, ११ जेठ २०७५, ०८ : ५९ मा प्रकाशित

४२ वित्तीय संस्थाको पुँजी पुगेन

अर्थ संसार, काठमाडौं– चुक्ता पुँजी वृद्धिका लागि दिइएकोसमय पूरा भएकोकरिब एक वर्षसम्म पनि ४२ वटा बैंक तथा वित्तीय संस्थाको पुँजी पुगेको छैन ।

पुँजी वृद्धिका सवालमा राष्ट्र बैंक हदैसम्मको लचिलो बन्दा पनि हालसम्म तीनवटा वाणिज्य बैंक, २१ वटा विकास बैंक र १८ वटा फाइनान्स कम्पनीको तोकिएको न्यूनतम पुँजी नपुगेको हो।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक  समीक्षामा यस्तो उल्लेख छ । ‘समीक्षा अवधिसम्म २५ वटा वाणिज्य बैंकले तोकिएको चुक्ता पुँजी
पुर्याइसकेका छन्, तीनवटा प्रक्रियामा रहेका छन्,’ मौद्रिक नीतिकोसमीक्षामा भनिएकोछ, ‘१५ वटा विकास बैंक र सातवटा वित्त कम्पनीलेतोकिएकोचुक्ता पुँजी पुर्याएका छन्।’

गत चैतसम्म २८ वाणिज्य बैंक, ३६ विकास बैंक र २५ फाइनान्स कम्पनी छन्। राष्ट्र बैंकले आर्थिक वर्ष ०७२/७३ कोमौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीचार गुणासम्म बढाएको थियो। राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ असारसम्म वाणिज्य बैंकले न्यूनमत ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले न्यूनतम २ अर्ब ५० करोड र राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने थियो।

त्रैमासिक समीक्षामा तीनवटा वाणिज्य बैंकको पुँजी नपुगेको उल्लेख भए पनि राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एउटा बैंकबाहेक सबैले निर्देशित पुँजी पुर्याउने बताए । ‘एउटा बैंकमा संस्थापक सेयरधनीहरूबीच विवाद देखिएकाले पुँजी पुर्याउने सम्भावना कम छ,’ उनलेभने, ‘बाँकी २७ वटै बैंकले न्यूनतमपुँजी पुर्याउनेछन्।’

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा तीनवटा बैंकको पुँजी नपुगेको उल्लेख छ नि भन्ने जिज्ञासामा उनले भने, ‘त्योचैतकोतथ्यांक हो, त्यसपछि पनि धेरैप्रगति भएकोछ, एउटाको भनेके होला भन्ने अवस्था छ ।’ पुँजी नपुर्याउने बैंकलाई के कस्तोकारबाही गर्ने भन्ने सम्बन्धमा ठोस निर्णय भइनसकेको उनले बताए ।

स्रोतका अनुसार एनएमबी, कुमारी, सिभिल र एनसीसी गरी चारवटाको पुँजी अझैपुगेकोछैन । तीमध्ये एनएमबी बैंकलेथप निष्कासन (एफपीओ) तथा कुमारी र सिभिलले हकप्रद सेयरमार्फत पुँजी पुर्याउने तयारी गरेका छन्। बाँकी रहेको एनसीसी बैंकले न्यूनतम पुँजी पुर्याउने सम्भावना कम देखिएको छ ।

‘एनएमबी बैंकले एफपीओ निष्कासनको प्रक्रिया थालेको छ, सिभिल र कुमारीले लेखापरीक्षण भएको(परिष्कृत) वित्तीय विवरण पेस गर्दा हकप्रद सेयर पारित गरेर आउँछौभनेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो। यद्यपि उनीहरूलाई राष्ट्र बैंकलेचुक्ता पुँजी वृद्धिका लागि दिएकोसमय अवधि पूरा भइसकेको छ ।

यसैगरी करिब दुई दर्जन विकास बैंक र डेढ दर्जन वित्त कम्पनीहरूमध्ये अधिकांशले तत्काल न्यूनतम पुँजी  पुर्याउने सम्भावना क्षीण बन्दै गएको जानकारहरू बताउँछन् यद्यपि पछिल्लो दुई वर्षमा बैंक तथा वित्तीय संस्थाको पुँजी उल्लेख्य बढेकोछ ।

गत चैतसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी २ खर्ब ७४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । ०७३ असारमा बैंक तथा वित्तीय संस्थाको यस्तो पुँजी १ खर्ब ६५ अर्ब रुपैयाँ थियो। करिब साढे २ वर्षअघि राष्ट्र बैंकलेपु“जी वृद्धिको निर्देशन दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको