अर्थ संसार, काठमाडौं– ऊर्जा खपतको दर पछिल्लो वर्ष ९ प्रतिशतले बढेको छ । अर्थमन्त्री युवराज खतिवडाद्वारा आइतबार जारी गरिएको आर्थिक सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षकोप्रथम आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊर्जा खपत बढेकोहो । चालु आर्थिक वर्षको८ महिनामा ऊर्जा खपत ९ हजार १९ दशमलव ४ टन तेल शक्ति बराबर पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षकोसोही अवधिमा यो ८ हजार २ सय ५७ टन तेल शक्ति थियो। एक टन तेल शक्ति बराबर ११ हजार ६ सय ३० किलोवाट प्रतिघण्टा ऊर्जा हुन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अर्थतन्त्रका सबै क्षेत्रमा विद्युत् खपतको मात्रा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको ८ महिनाको तुलनामा अहिले विद्युत् खपत १८ प्रतिशतलेबढेकोछ । यो आर्थिक वर्षको प्रथम ८ महिनामा विद्युत् खपत ३ हजार ५ सय ९९ गिगावाट घण्टा पुगेको छ । विद्युत् खपत उद्योगमा भन्दा घरायसी प्रयोजनका लागि बढी छ । वार्षिक औसत ४५ प्रतिशत विद्युत् घरायसी प्रयोजनकोलागि खपत हुनेतथ्यांक छ । औद्योगिक क्षेत्रमा ३५ प्रतिशत विद्युत् खपत हुन्छ ।
नेपालमा प्रतिव्यक्ति विद्युत् खपत १ सय ७७ किलोवाट घण्टा पुगेको छ । यो तथ्यांक दक्षिण एसियामा नैन्यून भएकोसर्वेक्षण प्रतिवेदनमा भनिएको छ । सरकारले आगामी वर्षहरू प्रतिव्यक्ति विद्युत् खपत दर बढाउनेनीति लिएकोछ । सरकारलेआगामी वर्ष ५ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोछ । सरकारलेयसको मुख्य आधार ऊर्जाको उपलब्धता र उत्पादनलाई मानेको छ । गत वर्ष आर्थिक वृद्धि ७ दशमलव ४ प्रतिशत थियो।
नेपाल विद्युत् प्राधिकरणलेआर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत भएको अवस्थामा दुई वर्षपछि विद्युतकोउच्चतम माग २ हजार २ सय मेगावाट कट्नेर यसका लागि उत्पादन क्षमता करिब २ हजार ९ सय मेगावाट हुनुपर्ने प्रक्षेपण गरेको थियो। यो आर्थिक वर्षको प्रथम ८ महिनामा राष्ट्रिय प्रणालीमा ७२ मेगावाट विद्युत् थप भएकोछ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म सम्पन्न भएका ११ आयोजनाबाट यो परिणाममा विद्युत् थपिएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ सय १० मेगावाट विद्युत् उत्पादन भएकोथियो। चालु अािर्थक वर्षमा ३० मेगाावटको चमेलिया जलविद्युत् आयोजनासहित अन्य साना आयोजना सम्पन्न भएका हुन्। दार्चुलामा बनेकोचमेलिया सरकारी लगानीमा बनेको आयोजना हो। निजी क्षेत्रबाट प्रवद्र्धित साना अन्य आयोजना पनि पछिल्ला महिनामा सम्पन्न भएका हुन्।
म्याग्दीमा बनेको थापाखोला विद्युत् आयोजनाबाट १३ मेगावाट, इलामको अपर माई सीबाट ५ दशमलव १ मेगावाट, ताप्लेजुङको फावाखोलाबाट ५ मेगावाट, इलामको पुवा खोला आयोजनाबाट ४ मेगावाट, कास्कीको सर्दिखोला आयोजनाबाट ४ मेगावाट थपिएको मन्त्रालयले जनाएकोछ ।
राष्ट्रिय प्रणालीमा विद्युत् थप भए पनि विद्युतको माग र आपूर्तिबीचको असन्तुलन कायमै छ । अर्थमन्त्री युवराज खतिवडाले आइतबार सार्वजनिक गरको े आर्थिक सर्वेक्षणअनुसार अहिले विद्युतको उच्चतम माग १ हजार ५ सय मेगावाट भए पनि एक हजार ४४ मेगावाट मात्रै उत्पादन भइरहेको छ । अपूग विद्युत् नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको कान्तिपुरमा समाचार छ । प्राधिकरणले वैशाख मसान्तबाट उद्योगसहित सबैक्षेत्रमा लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो।
लोडसेडिङ न्यूनीकरणका लागि चालु आर्थिक वर्षको प्रथम ८ महिनामा भारतबाट १ हजार ८ सय ३४ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको अर्थमन्त्रीले सार्वजनिक गरको आर्थिक सर्वेक्षणमाउल्लेख छ । विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीहरूमार्फत निर्माणाधीन कुल ७ सय १० मेगावाट क्षमताका ५ वटा जलविद्युत् निर्माणको विभिन्न चरणमा छन्।
यसमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र १४ मेगावाटको कुलेखानी तेस्रो एक वर्षभित्र सम्पन्न हुने अनुमान गरिएको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ दुई वर्ष, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना तीन वर्षभित्र र १४० मेगावाटकोतनहुँ जलविद्युत् आयोजना आव २०७९÷८० भित्र वर्षभित्र सम्पन्न हुनेसरकारी लक्ष्य छ । चालु आर्थिक वर्षको प्रथम ८ महिनासम्म विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई १ सय १९ आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिइएको तथ्यांक छ ।
यी आयोजनाकोकुल जडित क्षमता ५ हजार ९ सय ८० मेगावाट छ । फागुन महिनासम्म करिब २५ हजार मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजनालाई विभिन्न प्रकारका अनुमतिपत्र जारी भएकोतथ्यांक छ । सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोछ ।
११ नगरपालिका र १०३ गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतको पहुँच नपुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यीमध्ये केही क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग भए पनि ग्रामीण क्षेत्रका एक तिहाइ परिवार अध्याँरामा बस्न बाध्य भएको प्रतिवेदनमा जनाइएकोछ । ग्रामीण क्षेत्रका १० मध्ये३ परिवार विद्युत्को पहुँच बाहिर छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस