Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको FPO मा लगानी गर्दा फाइदा कि बेफाइदा, हेरौं कम्पनी विश्लेषण

शुक्रबार, ०१ असार २०७५, १० : ०२ मा प्रकाशित

एनएमबी बैंकको FPO मा लगानी गर्दा फाइदा कि बेफाइदा, हेरौं  कम्पनी विश्लेषण

चालू आव २०७४/७५ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले रू. १ अर्ब ४१ करोड नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । बैंकले रिजर्भ कोषमा रू. ५ अर्ब ६३ करोड छुट्याएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो । बैङ्कको पूँजी रू. ६ अर्ब ४६ करोड छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्तापूँजी रू. ८ अर्ब पुर्याउन निर्देशन दिएको सोहीअनुसार यस बैङ्कले पूँजीवृद्धिका लागि जेठ ३० गते देखि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ जारी गर्न लागेको छ ।

एनएमबी बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, १ असार २०७५)बैङ्कले प्रतिकित्ता रू. ३ सय ३३ मा एफपीओ ल्याउन लागेको हो । विक्री प्रबन्धकमा सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट छ । यो एफपीओ विक्रीसिछ बैंकको चुक्तापूँजी रू. ७ अर्ब ६० करोड ३२ लाख पुग्नेछ ।

आधारभूत विश्लेषण
बैङ्कको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७४/७५ आर्थिक वर्ष र २०७३/७४ आर्थिक वर्षबीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १७ दशमलव ७० प्रतिशतबाट बढेर २१ दशमलव ८२ प्रतिशतमा पुगेकोे छ । बैंकले वैदेशिक मुद्रा विनिमयबाट रू. ३ अर्ब २१ करोड आम्दानी गरेको छ । सोही अवधिमा बैंकको लगानी रू. १५ अर्ब ६९ करोड छ । यो लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा ५८ प्रतिशत वृद्धि हो ।

  • बैंकको चैत मसान्तसम्ममा रू. ८५ अर्ब २९ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ७४ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी रू. २ अर्ब १० करोड, कर्मचारी खर्च रू. ५७ करोड ६८ लाख, अन्य सञ्चालन खर्च रू. ५३ करोड र सञ्चालन नाफा रू. १ अर्ब ६९ छ ।

  • बैंकले चैत मसान्तसम्ममा रू. ३४ करोड ९६ लाख खराब कर्जा उठाउन बैङ्क व्यबस्थापन सफल भएको छ भने सम्भावित जोखीमबापतको व्यवस्थामा रू. १५ करोड ७८ लाख छुट्याएको छ । निष्क्रिय कर्जा १ दशमलव १० प्रतिशत छ । सोही अवधिमा पूँजी कोष लागत ७ दशमलव ४१ प्रतिशत र पूँजी कोष पर्याप्तता १२ दशमलव ९३ प्रतिशत छ ।

  • बैंकको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार तरलता अनुपात २५ दशमलव ३६ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) रू. १५ दशमलव २९, मूल्य आम्दानी अनुपात (वार्षिक) १५ दशमलव २९ टाइम्स र प्रतिसेयर नेटवर्थ रू. १ सय ८७ दशमलव २१ छ । मङ्गलवारको सेयर मूल्य नेटवर्थको २ गुणा बढी छ ।

प्राविधिक विश्लेषण 
खरीद चाप : बैंकको बिहीवार भएको सेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप साढे ५ गुणा बढी छ । उक्त समयसम्ममा १९ हजार ४ सय ८९ कित्ता सेयर खरीद र ३ हजार ४ सय ३३ कित्ता शेयर विक्री गर्ने माग थियो ।

मैनबत्ती विश्लेषण : बैंकको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले बुलिशमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता भने सामान्य छ ।

आरएसआई : बैंकको ६२ दिनको कारोबार अवधिमा ओभरसोल्ड जोन (४ दशमलव ३३ स्केल) मा छ । यसले विक्री चाप रहेको देखाउँछ ।

स्ट्याण्डर्ड डेभिएशन : बैंकको ६२ दिनको कारोबार अवधिमा ४ दशमलव ३३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखीम पनि कम हुन्छ ।

मुभिङ एभरेज : बैंकको ६२ दिनको कारोबार अवधिमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा तल छ । बिहीवारको सेयरमूल्य रू. ३ सय ७२ देखि बजारको अबस्था परिवर्तन भई महँगिएमा रू. ३ सय ९५ मा प्रतिरोध र सस्तिएमा रू. ३ सय ६७ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको