Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण विकेन नेपाल बैंकको एफपिओ

मंगलबार, २६ असार २०७५, १२ : ०० मा प्रकाशित

यस कारण विकेन  नेपाल बैंकको एफपिओ

अर्थ संसार,काठमाडौं– तामझाम सहित नेपाल बैंकले निश्कासन गरेको थप सेयर (एपिओ) लाई लगानीकर्ताले पत्याएका छैनन् । 

जसका कारण हिजोआज नेपाल बैंकका व्यवस्थापनका पदाधिकारीहरुलाई टाउको दुखाइको विषय बन्न पुगेको छ । असार १५ गतेदेखि असार २४ गतेसम्म जम्मा १२ लाख ६ हजार २३० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङले अर्थ संसारलाई जानकारी दिएको छ ।

बिक्री प्रबन्धकका अनुसार आइतबार साँझसम्म ११ हजार ३८४ जना आवेदकले ३३ करोड ७७ लाख ४४ हजार ४०० रुपैयाँ बराबरको एफपीओ परेको छ ।

बैंकले प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ । यसले के देखाउँछ भने तोकिएको समयमा यस बैंकको एफिओ नविक्ने देखिन्छ ।  यस बैंकको आवेदन दिने अन्तिम दिन साउन १३ गते हो ।

किन आवेदन नदिने ?

नेपाल बैंकले निश्कासन गरेको एफपिओ नविक्नुको मुख्य कारण दोस्रो बजारको मूल्य हो । यो समाचार तयार पर्दासम्म नेपाल बैंकको दोस्रो बजारमा प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार भैरहेको छ । एफिओको मूल्य २८० रुपैयाँ छ । एफपिओ र बजारको मूल्यको अन्तर प्रतिकित्ता ५ रुपैयाँको छ । नेप्सको मार्केटडेथलाई हेर्दा किन्नेको भन्दा पनि बेच्नेको लर्काे देखिन्छ ।

आजको मार्केटडेथ

 साउन १३ गतेसम्म दोस्रो बजारमा नेपाल बैंकको प्रतिकित्ता २७० रुपैयाँमा आउने अनुमान गरिन्छ, बैंकको १ महिनाको चार्टलाई हेर्दा ।  अब लगानीकर्ताले के को आधारमा एफिओमा लगानी गर्ने ? बजारका लगानीकर्ता हरीराम भण्डारी भन्छन्– ‘कालो धनलाई सेतो बनाउनका लागि मात्र नेपाल बैंकको एफिओ लगानी गर्ने हो,होइन, भने दुःख गरेर कमाएको पैसा किन डुवाउने ?।’

हरीराम भण्डारी जस्तै अर्का लगानीकर्ता स्यामसुन्दर श्रेष्ठ भन्छन–‘नेपाल बैंकको एफिओमा पैसा हाल्नु भनेको बालुमा पानी हाल्नु सरह हो ।’ यी दुई लगानीकर्ताको भनाईलाई हेर्दा बैंकको दोस्रो बजारको मूल्यले यस्तै झल्को देखाउँछ । दोस्रो बजारमा बैंक प्रतिकित्ता सेयरको मूल्य घट्ने क्रम जारी छ । बैंकको एफिओ नेपाल स्टकमा सूचिकृत भएपछि सेयर मूल्य ह्वात्तै घट्नेछ ।

किन कि सेयर संख्या धेरैपछि मूल्य आफै घट्छ । दोस्रो बजार अहिलेकै अवस्था भैरहेको खण्डमा नेप्सेमा एफपिओ सूचिकृत भएपछि दोस्रो बजारमा बैंकको प्रतिकित्ता सेयर मूल्य २ सयको हारहारीमा आउने अनुमान गर्न सकिन्छ । एफिओमा लगानी गर्ने लगानीकर्ताले एपिओको मूल्य उठाउन १/२ वर्ष बैंकले दिने लाभांश कुर्नु पर्ने हुन्छ । अब,एफिओमा लगानी गर्ने कि नगर्ने लगानीकर्ता आफै विचार गर्नुहोला ?

 यस्तो छ १ महिनाको चार्ट

कहाँबाट आवेदन दिने ?

नेपाल बैंकले सरकारको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट नजिकको बैंकबाट सेयर आवेदन दिन सक्नेछन् ।

NOTE : तपाई हामीसँगै रहनको लागि यो पेज अर्थ संसार क्लिक गरी लाईक गर्नुहोला ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको